दफा २४
बिक्रेताको दायित्व
खाध पदार्थको बिक्रेताले प्रचलित कानून बमोजिम पूरा गर्नु पर्ने दायित्वका अतिरिक्त देहायको दायित्व पूरा गर्नु पर्नेछ:-

(क) खाद्य पदार्थको प्रकृति अनुसार गुणस्तरमा कमी नआउने गरी उपयुक्त बिक्री कक्षको व्यवस्था गर्ने,

(ख) तोकिएको मापदण्ड बमोजिम हुने गरी खाद्य पदार्थ बिक्री वितरण गर्ने,

(ग) खाच्च पदार्थको प्रकृति अनुरुप सोकेस -वा बिक्री कक्षमा तोकिए बमोजिमको आवश्यक आर्द्रता र तापक्रमको व्यवस्था मिलाउने,

(घ) लेबल लगाउनु पर्ने खान्च पदार्थको लेबल नभएका र उपभोग्य अवधि समाप्त भएका खाद्य पदार्थ बिक्री वितरण नगर्ने, र्‌

(ङ) पहिचान पद्धति (ट्रेसियाबिलिटि) कायम गर्ने।